बैंक-वित्त

कामना सेवा विकास बैंक र द एआई-ला लाउन्जबीच सम्झौता

इकागज |
चैत १६, २०८० शुक्रबार २०:१९ बजे

काठमाडौँ- कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुरस्थित द एआई-ला लाउन्जसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरूले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।


हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।


Author

थप समाचार
x