अर्थ / बाणिज्य

कामना सेवा विकास बैंक र ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलबीच सम्झौता

इकागज |
फागुन १९, २०८० शनिबार १४:४७ बजे

काठमाडौँ- कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देहीस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै बेड शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले बैंकको कार्ड, मोबाइल बैंकिङ प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।


हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।


Author

थप समाचार
x