बैंक-वित्त

कामना सेवा विकास बैंकका ग्राहकले मुक्तिनाथ पोलिक्लिनिकमा छुट पाउने

इकागज |
बैशाख १८, २०८१ मंगलबार १०:४२ बजे

काठमाडौँ- कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित ओम मुक्तिनाथ पोलिक्लिनिक प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरूसम्म पुर्‍याउने उद्धेश्यले स्थापित उक्त ओम मुक्तिनाथ पोलिक्लिनिक प्रालिमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्‍ने जनाएको छ ।


सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको जनाएको छ ।


Author

थप समाचार
x