बैंक-वित्त

कामना सेवा विकास बैंकलाई दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिताको उपाधि

इकागज |
फागुन १३, २०८० आइतबार २१:३७ बजे

काठमाडौँ- दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ ।

'स्वस्थ्यको लागि खेलकुद' भन्ने मुल नाराका साथ शुक्रबार भरतपुर चितवनमा भएको बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैंक विजेता भएको हो ।


उक्त प्रतियोगिताको खेलमा २६ बैंकको सहभागिता रहेको थियो । सो प्रतियोगिताको फाइनल खेलमा कामना सेवा विकास बैंकले ग्लोबल आइएमई बैंकलाई ६-२ ले हराउँदै उपाधि जितेको छ । विजेता टिम कामना सेवा विकास बैंकलाई ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो ।

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । 


Author

थप समाचार
x