कूटनीति

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने

इकागज |
बैशाख १६, २०८१ आइतबार १३:८ बजे

फाइल तस्बिर

काठमाडौं - चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ ।  चीनले आगामी मे १ अर्थात् वैशाख १९ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो । 

काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशित गर्दै भिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्भिस फि भने लिने जानकारी दिएको छ ।


दूताबासले भनेको छ- 'नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्न र  नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क लिइने छैन (एक्सप्रेस शुल्क र सर्भिस फि लिइनेछ) ।


Author

थप समाचार
x