बैंक-वित्त

सानिमा बैंकद्वारा सानिमा सुपर सेभिङ खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

इकागज |
बैशाख १४, २०८१ शुक्रबार १७:४२ बजे

काठमाडौँ- सानिमा बैंकले सानिमा सुपर सेभिङ खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । 

सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक मुना पौडेलले संयुक्त रूपमा बीमा रकम हस्तान्तरण गरेका छन् ।


दुर्घटनाका कारण मृत्यु भएका राजेन्द्र पिठाकोटीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा सुपर सेभिङ खाता खोलेका थिए । 

सानिमा बैंकले सानिमा सुपर सेभिङ खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरूमा छुट प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् । 


 


Author

थप समाचार
x