समाज

५० केजी गाँजासहित भारतीय नागरिक पक्राउ

इकागज |
बैशाख २४, २०८१ सोमबार २१:२४ बजे

महोत्तरी- ५० केजी गाँजासहित महोत्तरी प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतीय नम्बर प्लेट ४३ एवी ५६६ नम्बरको सेतो रङ्गको कारको पछाडि डिकीमा लुकाएर जलेश्वरतर्फ जाँदै गरेका सितामढी ग्राम पुनौरा टोल वडा नम्बर ३ का सैयद अंसारीलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


चालक तीव्र गतिमा जलेश्वरतर्फ भाग्न खोजेपछि प्रहरीले उनलाई झन्डै २० किलोमिटरसम्म पछ्याएको थियो । इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएका प्रहरी टोलीले चेकजाँच गर्दा उक्त कारको पछाडिको डिक्कीमा २ पोका र चालक बस्ने सिटको पछाडि फ्लस बटन बनाई ८ पोका गरी जम्मा १० पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी संतुलालप्रसाद जैसवारले जानकारी दिए ।

पोकाहरू तौल गर्दा प्रत्येक पोकामा ५ किलोको दरले जम्मा ५० किलोग्राम गाँजा भेटिएको जैसवारको भनाइ छ । प्रहरीले उक्त कार बरामद गरेको छ भने अंसारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केही दिन अगाडि पनि मटिहानीबाट जनकपुरतर्फ जानेक्रममा लागूऔषधसहित एक जना भारतीय नागरिक नै पक्राउ परेका थिए ।        


Author

थप समाचार
x