बैंक-वित्त

लक्ष्मी सनराइज बैंकको काठमाडौँ उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

इकागज |
बैशाख १३, २०८१ बिहीबार १४:२२ बजे

काठमाडौँ- लक्ष्मी सनराइज बैंकले काठमाडौँ उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ । 

काठमाडौँ महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न. २, बालकोटमा स्थानान्तरण गरिएको छ । त्यसैगरी, काठमाडौँ महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा अब भक्तपुर जिल्लास्थित मध्यपूर ठिमी नगरपालिकाको वडा न. ८, बोडेमा स्थानान्तरण भएको छ । 


स्थानान्तरण गरिएका साविकका महराजगञ्ज र पेप्सिकोला शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् । 

स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरू माझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ । 

हाल लक्ष्मी लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३२ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।


Author

थप समाचार
x