कूटनीति

कतारी राजा वैशाख दोस्रो साता नेपाल आउँदै

इकागज | फागुन १८, २०८०

काठमाडौँ- कतारी राजाको नेपाल भ्रमण हुने भएको छ । राजा शेख तमिम बिन हमद अल थानीको दुई दिनका लागि वैशाखको दोस्रो साता नेपाल भ्रमण हुने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

'आगामी वैशाखम उहाँको भ्रमण हुने गरी तयारी भइरहेको छ,' इकागज दूतावास स्रोतले भन्यो,' भ्रमणका लागि आन्तरिक कुराहरू मिलाउन मात्र बाँकी रहेको छ ।‘

कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालका अनुसार कतारको राजा नेपाल आउन इच्छुक छन् ।

 

स्रोतका अनुसार भ्रमणमा आठदेखि दश वटा प्रोजेक्टमा सम्झौता हुन सक्नेछ । सन् २००५ भएको श्रम सम्झौता भएको यस पटक १८ वर्षपछि सम्झौता गर्ने तयारी छ । स्रोतले कतारको उच्च तहबाट हुने भ्रमण सफल हुने विश्वास बताएको छ ।

यसअघि अमिर शेख बिन हमाद अल थानीको नेपाल भ्रमण स्थगित भएको थियो । यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको समाचारमा इकागजमा प्रकाशन भएको थियो । 

पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण थानीको नेपाल भ्रमण स्थगित भएको थियो ।

 

 

छिमेकी मुलुकसँगको सम्बन्ध सधैं प्राथमिकतामा छ : परराष्ट्रमन्त्री

इकागज | फागुन १७, २०८०

काठमाडौँ - परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले छिमेकी मुलुकसँगको सम्बन्ध सधैँ प्राथमिकतामा रहेको उल्लेख ग...

रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री साउद

इकागज | फागुन १५, २०८०

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि कूटनीतिक पह...

राष्ट्रपति पौडेलसँग अमेरिकी युएस इन्डो-प्यासिफिक कमान्डरको भेटवार्ता

इकागज | फागुन १४, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युएस इन्डो-प्यासिफिक क...