समाज

मोरङमा वीभत्स अवस्थामा एक महिलाको शव फेला, श्रीमान् फरार

इकागज |
बैशाख २०, २०८१ बिहीबार २०:५६ बजे

फाइल तस्बिर

विराटनगर- मोरङको सुन्दरहरैंचामा वीभत्स अवस्थामा एक महिलाको शव फेला परेको छ ।

सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र अर्धनग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । महिलाको शव फेला परे पनि उनका श्रीमान् ५० वर्षीय पदमबहादुर तामाङ फरार रहेका छन् । 


मनमायाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x