सरकार

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति पौडेल

इकागज |
जेठ ४, २०८१ शुक्रबार १४:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् ।

शुक्रबार काठमाडौँमा अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले देशमा सुशासन कायम हुनुपर्ने भन्दै यसका लागि न्यायिक प्रणालीको भूमिका महत्वपूर्ण हुने बताए । संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति विशेष चनाखो र सचेत हुन निर्देश गर्ने उनले बताए ।


न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन भएको भन्दै पौडेल​ले न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई चुस्त बनाउने कुरामा ध्यान दिइनुपर्ने धारणा राखे । उनले लोकतान्त्रिक प्रणालीभित्र नै न्यायपालिका सक्षम हुने जिकिर गरे ।


Author

थप समाचार
x