विश्व

मस्कोमा आतंकवादी हमला :  ६० जनाको मृत्यु, एक सयभन्दा बढी घाइते

इकागज |
चैत १०, २०८० शनिबार ७:४० बजे

तस्बिर : रोयटर्स

काठमाडौँ- गएराति रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा आतंकवादी हमला भएको छ । आक्रमण हुँदा उक्त स्थानमा ६ हजार २ सय जना दर्शक रहेको अनुमान गरिएको छ । आक्रमणबाट कन्सर्ट भवनमा आगलागी भएको थियो ।

रुसको संघीय अनुसन्धान समितिले उक्त आतंकवादी हमलामा परेर ६० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ । इस्लामिक स्टेट चरमपन्थी समूहसँग सम्बन्धित समाचार एजेन्सीले आक्रमण आईएस लडाकुहरूले गरेको दाबी गरेको छ ।


राजधानी मस्कोको उत्तरपश्चिममा रहेको रुसी सहर क्रास्नोगोर्स्कमा रहेको कन्सर्ट हलमा मार्च २२ को राति आगलागी भएको थियो । कार्यक्रम सुरु हुनुअघि धेरै मानिसहरू भवनमा प्रवेश गरेर गोली चलाउन सुरु गरेको बताइएको छ ।

रुसको संघीय अनुसन्धान समितिले आतंकवादी हमलामा  मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएको छ । रुसको स्वास्थ्य मन्त्रालयले पाँच बालबालिकासहित ११५ जना घाइते र अस्पतालमा भर्ना भएको र ६० भन्दा बढीको अवस्था गम्भीर रहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएको छ । रूसी मिडियाहरुले जनाएअनुसार आक्रमणपछि बन्दुकधारीहरु सेतो कारमा चढेर  घटनास्थलबाट भागेको र सुरक्षा बलहरूले उनको खोजी गरिरहेको र केहिलाई पक्राउ गर्न सफल भएको जनाएका छन् ।


Author

थप समाचार
x