विश्व

अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार

इकागज |
बैशाख १४, २०८१ शुक्रबार १३:३९ बजे

काठमाडौँ- अस्ट्रेलियाको समुन्द्री तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ । अस्ट्रेलियाको पार्क र वन्यजन्तु सेवाले पिया कोर्टिस बीचमा करिब १६० ह्वेल आइपुगेको बताएको छ । जसमध्ये १३० जनाको उद्धार गरिएको थियो भने २९ जनाको मृत्यु भएको थियो ।

ह्वेल फेरि किनारमा आउने डरले स्पटर प्लेन र धेरै डुङ्गाहरू मार्फत निगरानी भइरहेको छ । समुद्री वैज्ञानिकका अनुसार समुद्री तटमा आएपछि पाइलट ह्वेलहरू सामान्यतया ६ घण्टासम्म मात्र बाँच्न सक्षम हुन्छन् ।


वाइल्ड लाइफ सर्भिसले मृत पाइलट ह्वेलका नमूनाहरू सङ्कलन गरी परीक्षण गर्ने बताएको छ । यी ह्वेलहरू किनारमा किन आए भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन । यसमा प्रायः  महिला व्हेल र तिनीहरूका बच्चाहरू रहेका थिए ।

सामान्यतया जब ह्वेल बिरामी हुन्छ वा किनारमा फसेको हुन्छ, अन्य पायलट ह्वेलहरू पनि उद्धार गर्न आउँछन् ।


Author

थप समाचार
x