राजनीति

इलाममा सुहाङले कटाए १० हजार मत, अरूले कति पाए ?

इकागज |
बैशाख १७, २०८१ सोमबार १०:१८ बजे

काठमाडौँ- इलाम-२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका हुन् । सुहाङले १० हजार मत कटाएका छन् ।

हालसम्मको मतगणनामा सुहाङले १०००३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले ६९४४ मत ल्याएका छन् । नेम्वाङ ३०५९  मतले अघि रहेका छन् ।


त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र (लिम्बु) थेगिमले ५५९१ मत पाएका छन् । रास्वपाका मिलन लिम्बूले १४४३ मत ल्याएका छन् । हाल मत गणना जारी छ ।


Author

थप समाचार
x