राजनीति

बझाङको मत अपडेट : सिंह र भण्डारीको मतान्तर १२५

इकागज |
बैशाख १७, २०८१ सोमबार १०:३२ बजे

काठमाडौँ- प्रदेश सभाको बझाङ–१ (क) को मतगणनामा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । सुरुवाती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएकोमा सोमबार बिहानदेखि कांग्रेसले अग्रता लिएको हो

कांग्रेसका अभिषेक सिंहले ९४६८ मत पाउँदा एमालेका दमनबहादुर भण्डारीले ९३४३ मतसहित  पाएका छन् । सिंह र भण्डारीको मतान्तर १२५ रहेको छ । 


त्यस्तै नेकपा माओवादी केन्द्रका जनक बुढाले ३५८७ मत पाएका छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३७३ मत पाएका छन् । हाल मत गणना जारी छ ।


Author

थप समाचार
x