पर्यटन

जेन स्पाको १५‍ औँ वार्षिकोत्सवमा ग्राहकलाई के-के सुविधा छ ?

इकागज |
बैशाख १८, २०८१ मंगलबार १६:५१ बजे

काठमाडौँ- ठमेलस्थित जेन स्पाले १५ औं वार्षिकोत्सव मनाउने भएको छ । बुधबार मे फस्टमा स्पाले वार्षिकोत्सवमा ग्राहकहरूलाई आयुर्वेदिक जीवनशैली परामर्श, निःशुल्क अकुपन्चर सेवा तथा स्पाका विभिन्न सेवाहरू आकर्षक छुटमा उपलब्ध गराउने घोषणा गरेको छ ।

लक्की ड्र मार्फत स्पाका सेवाहरुमा १५ देखि ५० प्रतिशत छुट पाउन सकिने जेन स्पाका सञ्चालक रामदेव महत्तोले जानकारी दिए । उनका अनुसार 'मे फस्ट' अथार्त अन्तर्राष्ट्रिय श्रमिक दिवस का दिन सेवा लिन आउने सबै ग्राहक वर्गलाई कुपन उपलब्ध हुन्छ । कुपनमा उल्लेख गरिए बमोजिम १५ देखि ५० प्रतिशत सम्मको छुट पाउने छन् ।


वार्षिकोत्सवको दिन सेवा लिन आउने हरेक ग्राहकलाई आयुर्वेदिक डाक्टरहरू बाट आहार र डिटोक्स (शुद्धीकरण) सल्लाहको साथ जीवनशैली परिवर्तन सम्बन्धी निःशुल्क परामर्श प्रदान गरिने उनले बताए ।

जेन स्पा सन् २००९  मे फस्ट अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन सञ्चालनमा आएको थियो । जेन स्पा स्वदेशी तथा विदेशी ग्राहकको सबैभन्दा बढी खोजीमा पर्ने गरेको छ ।

स्पा सेवा २५ औ वर्षदेखि उपचारको क्षेत्रमा काम गरिरहेका प्राविधिकद्वारा सुरु गरिएको हो। यहाँ प्राकृतिक चिकित्सा , आयुर्वेद चिकित्सा , चाइनिज चिकित्सा का उपचार तथा परामर्श सेवाहरू उपलब्ध छन् ।

यहाँ आउने ग्राहकहरू तनावरहीत, सुखद र आनन्द महसुस गरेर जाने गरेको महत्तोले बताए । हाल स्पामा उपलब्ध सुविधाहरूले शरीरका सबै अवयवलाई एकसाथ आराम र आनन्दित पार्नुको साथै मानसिक रुपमा समेत स्फूर्ति दिने हुँदा स्पाको महत्व बढ्दै गएको छ ।

स्पाका अर्का डा. विजयकुमार कुशवाहाले आयुर्वेदिकको पञ्चकर्म सेवा उपलब्ध रहेको जानकारी दिए । आयुर्वेदिक चिकित्सकले बिरामीलाई परामर्श गरी सेवा दिइरहेको उनको भनाइ छ । बिरामीको समस्या पत्ता लगाएर उपचारविधि अगाडि बढाइने उनले जानकारी दिए ।

उनका अनुसार शिरोधारा, बस्ती, नश्य जस्ता उपचार विधि अपनाइन्छ । सौन्दर्यताका लागि फेसियल, मेडिकेयर, पेडिकेयर, स्टिम, साउना र वाक्सिङ जस्ता सुविधा उपलब्ध गराइएको छ ।

व्यक्तिगत उपचारका लागि अकुपञ्चर, थाइ योगा र थेरापी समेत उपलब्ध गराउने गरिएको डा. कुशवाहाले जानकारी दिए । धेरै ग्राहकहरू जेन स्पामा मात्र ट्रिटमेन्ट पाइने भनेर आउने गरेको उनले प्रतिक्रिया दिए ।


Author

थप समाचार
x