खेलकुद

क्रिकेट खेलाडीले नपाएको पुरस्कार रकम वितरण गर्ने प्रक्रिया भोलिदेखि नै सुरु गर्छौं : मन्त्री श्रेष्ठ

इकागज |
चैत १५, २०८० बिहीबार २०:२३ बजे

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले अहिलेसम्म नपाएको पुरस्कार छिट्टै दिने बताएका छन् ।

मन्त्री श्रेष्ठले क्रिकेट खेलाडीहरूले बिहीबार बिहान घोषणा भएको पुरस्कार रकम अहिलेसम्म पूरा नपाएको गुनासो सुनेपछि आजै प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गरेको बताएका छन् ।


उनले सरकारले वितरण गर्न बाँकी रहेको रकम वितरण गर्ने प्रक्रिया भोलिदेखि नै सुरु गर्ने बताएका छन् ।


Author

थप समाचार
x