खेलकुद

क्यामरुनी क्लब एभिनियर हेमजा गोल्डकपको च्याम्पियन

इकागज |
असार १२, २०७९ आइतबार २१:१० बजे

पोखरा- क्यामरुनको एभिनियर क्लब नेपाल आइस छैटौं हेमजा अन्तर्राष्ट्रिय गोल्डकपको च्याम्पियन बनेको छ । हेमजा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा आइतबार भएको फाइनल खेलमा आयोजक हेमजा युनाइटेडलाई ३-१ गोल अन्तरले हराउँदै एभिनियरले च्याम्पियन बनेको हो । 

उपाधि जितेको एभिनियरले नगद ६ लाख रुपैयाँसहित उपाधि उचालेको हो । हेम्जाले ३ लाख रुपैयाँ प्राप्त गर्‍यो ।  


एभिनियरको जितमा बिल्ले २ तथा साङले एक गोल गरे भने हेमजाका लागि सुशिल राईले सान्त्वना गोल गरे । बिल्ले खेलको छैटौं  र १ सय ६ औं मिनेटमा गोल गरे भने हेमजाका लागि सुशिलले ३५ औं मिनेटमा गोल गरेका थिए । 

दिप कार्की सर्वोत्कृष्ट खेलाडी 
हेम्जा युनाइटेडका गोलरक्षक दिप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले नगद ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गरे । यस्तै हेम्जा युनाइटेडकै आसिक गुरुङ उत्कृष्ट डिफेन्डर घोषित भए भने सुशिल राई उत्कृष्ट फरवार्ड घोषित भए । एभिनियरका गोलरक्षक कोभास्सि उत्कृष्ट गोलरक्षक, एभिनियरकै नेल्सन उत्कृष्ट मिडफिल्डर र आसिक थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उदीयमान खेलाडी हेम्जाका मनिश थापा घोषित भए । उनीहरू सबैले समान २०-२० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गरे । प्रतियोगिताको अनुशासित टिम कालिका फुटबल क्लब घोषित हुँदै २५ हजार प्राप्त गर्‍यो ।

घोषित हुँदा सर्वाधिक गोलकर्ता भने एभिनियरका विल्ले र हेम्जाका कमल थापा मगर रहे उनीहरूले समान ३-३ गोल गरे । उनीहरुले २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको पुरस्कार गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्र राजिव गुरुङले प्रदान गरे ।


Author

थप समाचार
x