फुटबल

चेल्सीमाथि आर्सनलको फराकिलो जित

इकागज |
बैशाख १२, २०८१ बुधबार ७:२६ बजे

काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले चेल्सीमाथि शानदार जित हासिल गरेको छ । गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा बेन ह्वाइट र काइ हाभेर्टले २-२ गोल गरेका थिए भने एक गोल लीन्द्रो ट्रोसार्डले गरेका थिए ।


यो जितपछि आर्सनलको ३४ खेलमा ७७ अंक भएको छ र हाल शीर्ष स्थानमा कायम रहेको छ ।

त्यस्तै एक खेल कम खेलेको लिभरपुलको ३३ खेलमा ७४ अंक रहेको छ र दोस्रो स्थानमा छ भने २ खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

त्यसैगरी चेल्सीको भने ३२ खेलमा ४७ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।


Author

थप समाचार
x