समाज

यी हुन् इलाम बस दुर्घटनाका घाइतेहरू (नामावलीसहित)

इकागज |
मंसिर ३, २०८० आइतबार २०:१२ बजे

विराटनगर- आइतबार इलामको कन्याम घुमेर फर्किने क्रममा बस दुर्घटना हुँदा धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामाको मृत्यु भएको छ । 

जनकपुरबाट शैक्षिक भ्रमणका लागि गएको ना६ख ८४२४ नम्बरको बस इलामको रोङ गाउँपालिका–३ स्थित लसुनेमा सडकबाट तीन सय मिटरजति तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले दुर्घटनामा बालकको मृत्यु भएको बताए । 


बसमा सवार ३६ जनामध्ये केही गम्भीर रहेको जनाइएको छ । 

बसमा सवार सबै यात्रु धारापानीकै रहेका छन् । घाइतेहरूमा एक जना प्रहरी हवल्दार पनि छन् । दुर्घटनामा १६ जना बालबालिका घाइते भएका छन् । २ वर्षीया नाबालिका पनि घाइते छिन् ।

घाइतेहरूको अहिले बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।


घाइतेहरूको नामावली:

१)    जिल्ला धनुषा धानुषाधाम न.पा.–९ धारापानी बस्ने वर्ष २० की गणेश कुमारी मोक्तान (अनुहारमा चोट अवस्था सामान्य) 
२)    ऐ ऐ बस्ने वर्ष ११ की समिक्षा मोक्तान (सामान्य) 
३)    ऐ ऐ बस्ने वर्ष १२ को शेखर मोक्तान (सामान्य)
४)    ऐ ऐ बस्ने वर्ष १२ की निर्जला मोक्तान (सामान्य) 
५)    ऐ ऐ बस्ने वर्ष ३६ की अन्जु लामा  (सामान्य)
६)    ऐ ऐ बस्ने वर्ष २ की स्नेहरीका लामा (सामान्य)
७)    ऐ ऐ बस्ने वर्ष ९ की रिजा लामा (सामान्य)
८)    ऐ ऐ बस्ने वर्ष ११ की काजल नायक (सामान्य)
९)    ऐ ऐ बस्ने वर्ष १४ की निकिसा मोक्तान (सामान्य)
१०)    ऐ ऐ बस्ने वर्ष ११ की रितु लामा (सामान्य)
११)    ऐ ऐ बस्ने वर्ष ४० की सुन माया लामा (सामान्य)
१२)    ऐ ऐ बस्ने वर्ष २० की कबिता घिसिङ (सामान्य)
१३)    ऐ ऐ बस्ने वर्ष १३ को सौगात लामा (सामान्य)
१४)    ऐ ऐ बस्ने वर्ष १४ की वर्षा तामाङ (सामान्य)
१५)    ऐ ऐ बस्ने वर्ष १५ को सिद्दार्थ तामाङ (सामान्य)
१६)    ऐ ऐ बस्ने वर्ष १७ की स्वेच्छा लोप्चान (सामान्य)
१७)    ऐ ऐ बस्ने वर्ष १२ की बिबिसा मोक्तान (सामान्य)
१८)    ऐ ऐ बस्ने वर्ष १५ की रोजिना तामाङ (सामान्य)
१९)    ऐ ऐ बस्ने वर्ष २८ की कल्पना कुमारी लामा (सामान्य)
२०)    ऐ ऐ बस्ने वर्ष ३१ की शान्ता पाख्रिन (सामान्य)
२१)    ऐ ऐ बस्ने वर्ष १८ की सन्ध्या मोक्तान (सामान्य)
२२)    ऐ ऐ बस्ने वर्ष ४० की तुल्मा लामा (अनुहार तथा शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर रहेको) 
२३)    ऐ ऐ बस्ने वर्ष ३५ की मनवति लामा (सामान्य)
२४)    ऐ ऐ बस्ने वर्ष ३० की ज्ञानु लामा (सामान्य)
२५)    ऐ ऐ बस्ने वर्ष १८ की प्रतिक्षा लामा (सामान्य)
२६)    ऐ ऐ बस्ने वर्ष ४५ की लाल कुमारी लामा (सामान्य)
२७)    ऐ ऐ बस्ने वर्ष ४० को बिर बहादुर मोक्तान (प्रहरी हवल्दार, सामान्य)
२८)    ऐ ऐ बस्ने वर्ष १५ को करण मोक्तान (सामान्य)
२९)    ऐ ऐ बस्ने १६ की कुसुम घिसिङ (सामान्य)
३०)    ऐ ऐ बस्ने वर्ष ६० कि शान्ता माया तामाङ (सामान्य)
३१)    ऐ ऐ बस्ने वर्ष ३५ को अनिल परियार (सामान्य)
३२)    ऐ ऐ बस्ने वर्ष ३० की रचना घिसिङ (सामान्य)
३३)    ऐ ऐ बस्ने वर्ष ३५ को सञ्जिब तामाङ (सामान्य)
३४)    ऐ ऐ बस्ने वर्ष १८ की रेणु घिसिङ (सामान्य)
३५)    ऐ ऐ बस्ने वर्ष १६ की समिक्षा लामा (सामान्य)


Author

थप समाचार
x