समाज

मालपोत कार्यालय जलेश्वरका सुब्बा र लेखापढी व्यवसायी अख्तियारकाे नियन्त्रणमा

सुभाष कर्ण |
फागुन १८, २०७९ बिहीबार १९:५९ बजे

जनकपुरधाम- भूमि सुधार तथा मालपोत कार्यालय जलेश्वरमा कार्यरत एक कर्मचारी र लेखापढी व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले मालपोत कार्यालय जलेश्वरमा कार्यरत सुब्बा ५५ वर्षीय रामकृष्ण पण्डित र लेखापढी व्यवसायी ५७ वर्षीय सुभाषचन्द्र लाल कर्णलाई नियन्त्रणमा लिएको हाे ।


मालपोत कार्यालय जलेश्वरको मुद्दा शाखामा कार्यरत जलेश्वर नगरपालिका–११ बस्ने सुब्बा पण्डितले सेवाग्राहीसँग मुद्दा फैसलाका लागि ९ हजार रुपैयाँ लिएर सम्सी गाउँपालिका–७ बस्ने सुभाष भू–सेवा केन्द्रका लेखापढी व्यवसायी कर्णको जिम्मा लगाएका थिए । तर, काम गर्न आनाकानी गर्दै आएका थिए ।

दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका प्रवक्ता भोला दाहालले जानकारी दिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x