सुदूरपश्चिम

धानबाली बचाउन आलीमा छाडेको करेन्ट लागेर कुँवरको मृत्यु

इकागज |
भदौ १९, २०८० मंगलबार ७:९ बजे

सांकेतिक तस्बिर

कैलाली- विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-३ होल्डिङ सेन्टर नजिकै बस्ने एक महिलाको सोमबार राती विद्युतीय धरापमा परेर मृत्यु भएको हो ।

सोमबार राति करिब ११ बजेतिर धनगढी उपमहानगरपालिका-३ होल्डिङ् सेन्टर स्थित सोही ठाउँ बस्ने वर्ष अन्दाजी ३१/३२ की मञ्जु कुँवर जंगली जनावरबाट धानबाली बचाउनका लागी खेतको आलीमा छाडेको करेन्टमा परेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 


जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सन्तोष बस्यालले करेन्ट लागेर घाइते भएकी कुँवरको उपचारको क्रममा सोही राति ११ बजेर ५५ मायामेट्रो अस्पताल मृत्यु भएको बताए ।

प्रहरीले राति नै सोही ठाउँ बस्ने वर्ष ४८ को जंगलिया चौधरीलाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ ।


Author

थप समाचार
x