बागमती

भरतपुरमा रेनु-विजयको मतान्तर १० हजार बढी

इकागज |
जेठ ९, २०७९ सोमबार ११:० बजे

चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । १ लाख १० हजार ४ सय ५४ मत गणना हुँदा रेनुले ४४ हजार ३०५ मत प्राप्त गरेकी छिन् । 

नेकपा एमालेका विजय सुवेदीले ३४ हजार १७९ मत प्राप्त गरेका छन् ।  जगन्नाथ पौडेलले १३ हजार ५१५ मत ल्याएका हुन् ।


सुवेदीभन्दा रेनु १० हजार १२६ मतले अगाडि छिन् ।

नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ४५ हजार ४६८ र राप्रपाकी हिमला गुरुङले २७ हजार ०४६ मत ल्याएकी छिन् ।

महानगरमा १७ हजार १ सय १२ मत गणना गर्न बाँकी छ ।


Author

थप समाचार
x