राजनीति

रमेश खरेलको सुझाव - गृहमन्त्री लामिछानेले सत्ताबाट बाहिर बसेर छानबिनलाई सघाउन्

इकागज |
बैशाख ४, २०८१ मंगलबार २०:३० बजे

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नेता रमेश खरेलले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगि प्रकरणमा प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै खरेलले लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुँदाहुँदै उनलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास भएको बताएका हुन् ।


उनले भने, 'गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुँदाहुँदै उनलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास हो। सरकारले संवैधानिक छानबिन समिति बनाई भुइमान्छेलाई न्याय दिओस् र त्यतिन्जेल लामिछानेले पनि सत्ता बाहिर रहेर छानबिनलाई निष्पक्ष रूपमा कार्य गर्न देउन् ।'


Author

थप समाचार
x