राजनीति

ललिता निवास प्रकरणमा १२ जना दोषी ठहर

इकागज |
फागुन ३, २०८० बिहीबार १९:३८ बजे

काठमाडौँ- ललिता निवास प्रकरणमा मुख्य अभियुक्त कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको छ । 

विशेष अदालतले २३ दिन लगातार ललिता निवास प्रकरण सम्बन्धमा सुनुवाइ गरी आज अन्तिम फैसला सुनाएको हो ।


१२ जनालाई ७५ लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय तोकिएको छ ।

विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरूलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेमा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी रहेका छन् ।

जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरिएको छ । विशेष अदालतले सुवर्ण शमशेरका परिवारलाई पनि दोषी ठहर गरिएको छ ।


Author

थप समाचार
x