राजनीति

नक्कली शरणार्थी प्रकरण

खाणकाे विषयमा न्यायाधीशबीचमा राय बाझियाे

तेस्राे न्यायाधीशलाई फैसला गर्न आदेश

इकागज |
मंसिर १५, २०८० शुक्रबार १६:२५ बजे

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्व गृहमन्त्री बालकृष्ण खाणकाे विषयमा राय बाझिएकाे छ ।

उच्च अदालत, पाटनलले आज आफ्नो फैसाला सुनाउँदै पूर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए पनि खाणकाे सबालमा भने न्यायाधीशहरूका बीचमा राय बाझिएकाे छ । जसका कारण तेस्राे न्यायाधीशलाई फैसला गर्न आदेश दिइएकाे छ । अदालतको आदेशअनुसार अब खाणले जेलबाहिर बसेर नै मुद्दा लड्न पाउने बाटो अझै खुलेको छैन । 


नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएको भोलिपल्ट अदालतले फैसला सुनाएकाे हाे ।

अदालतमा जवाफी बहसमा खाणलगायत थुनामा रहेकाहरूको पक्षबाट वकिलहरूले उनीहरूलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका थिए । तर, न्यायाधिशबीचमा राय बाझिँदा तत्कालका लागि उनी थुनामुक्त हुन सकेनन् ।

जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्दामा फैसला आएको हो । 


Author

थप समाचार
x