समाज

भोलि सार्वजनिक बिदा

इकागज |
बैशाख १८, २०८१ मंगलबार २०:५० बजे

काठमाडौँ- भोलि बुधबार मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । श्रमिक दिवसको अवसरमा नेपाल सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । २०८१ सालको राजपत्रमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपालमा विभिन्न मजदुर संघ संगठनहरूले अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना गरेर मनाउँदै आएका छन् ।नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइन्छ ।


सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै भएको आन्दोलन दबाउन बम प्रहार गरिएको घटनाको सम्झनामा मे १ मा श्रमिक दिवस मनाइन्छ । सोही आन्दोलनको सफलता पछि आठ घण्टा कामको व्यवस्था विश्वभर प्रचलनमा आएको हो ।

नेपालमा भने श्रमिक दिवस विक्रम सम्बत २०६३ सालदेखि मनाउन थालिएको हो । ६४ सालदेखि सरकारले मे दिवसलाई औपचारिकता प्रदान गर्दै सार्वजनिक बिदा दिन थालेको छ ।


Author

थप समाचार
x