दल

नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरीको पुनर्बहाली

इकागज |
बैशाख २, २०८१ आइतबार १७:१३ बजे

धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठको कारबाहीमा परेकी सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीको पुनर्बहाली भएको छ । 

नाउपाकी समानुपातिक सांसद गिरीलाई सर्वोच्च अदालतले पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि उनको पद पुनर्बहाली भएको हो । 


आजै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । यसअघि पार्टीको निर्णयविपरीत गएको भन्दै गिरीलाई नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सभा सदस्यबाट हटाएको पत्र पठाएकी थिइन् । अध्यक्ष श्रेष्ठको पत्रपछि सुदूरपश्चिम प्रदेशका सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका थिए । 


Author

थप समाचार
x