दल

राजनीतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलेर अघि बढ्नुको विकल्प छैन : शेखर कोइराला

इकागज |
बैशाख १६, २०८१ आइतबार १८:४३ बजे

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

आइतबार मोरङको बुढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता डा.कोइरालाले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेकाले निर्वाचन प्रणाली सुधार र आर्थिक विकास तथा सुशासनका एजेण्डामा कांग्रेस-एमाले एक भएर अघि बढ्नुपर्ने बताए । उनले राजनीतिक स्थिरता नभएसम्म विकास समृद्धि, आर्थिक विकास र सुशासन कायम हुन नसक्ने धारणा राखे ।


बुढीगंगा गाउँपालिका वडा नं. ५ मा निर्माण हुन लागेको प्रशासनिक भवनका लागि स्थानीय सौहार्द कार्कीले ८ कट्ठा २ धुर जग्गा नि:शुल्क उपलब्ध गराएका हुन् । करिब ११ करोड ८६ लाख रुपैयाँको लागतमा निर्माण हुने बुढीगंगा गाउँपालिकाको प्रशासनिक भवनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिएको छ । 


Author

थप समाचार
x