दल

गृहमन्त्री रविबारे यस्तो छ कांग्रेसको धारणा

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १२:४१ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति माग उचित रहेको पुष्टि भएको बताएको छ । शुक्रबार संसदीय दलको बैठकको बैठकपछि बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् ।

'पहिलो अर्बौं रूपैयाँ सहकारीमा बचत भएको थियो, त्यो ठगी हो । यो विषय कांग्रेसको मात्र विषय नभएर सबैको चासोको विषय हो'  लेखकले भने 'दुरुपयोगको काममा गृहमन्त्री रवि लामिछाने संलग्नता तमाम पर्याप्त तथ्य प्रमाण देखिएको छ । यो अनुसन्धान स्वतन्त्र निष्पक्ष होस् भनेर संसदीय समिति माग उचित भनेर पुष्टि भएको छ । आज पनि समितिको पुनः माग छ ।'


प्रमुख प्रतिपक्ष दललगायतले विषय उठान गर्दा पनि सरकार संवेदनशील नभएको लेखकले बताए । उनले सरकार गैरजिम्मेवार भएको बताए । 'अघिल्लो सदन अकारण बन्द गरेर भागेको थियो । सरकारलाई संवेदनशील हुन आग्रह गर्दै समिति बनाउन माग गर्दछौं' उनले भने ।

'पीडितलाई रकम दिलाउनुको साटो संवैधानिक निकायलाई पनि अनुसन्धान अवरोध गर्न लगायो । निष्पक्ष छानबिन गरेर मुद्धा अदालतमा अभियोजन गर्नुको सट्टा जोगाउन संवैधानिक निकायको प्रयोग भएको छ' उनले भने 'चेतावनी दिन्छौं यस्तो दुरुपयोग नियन्त्रण गर्ने काम गर्नुहोस् ।'


Author

थप समाचार
x