दल

सहकारीबाट लाखौँ जनता ठगिएका छन्, पछि हट्नु हुँदैन : देउवा

इकागज |
चैत २७, २०८० मंगलबार १२:१० बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्धा उठाउने विषयमा पछि नहट्ने भएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन् । 

सभपति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउँदै यस मुद्धालाई यतिकै छाड्न नहुने बताएका हुन् । उनको भनाईलाई उदृत गर्दै एक नेताले भने- 'लाखौँ जनता ठगिएका छन् । यो मुद्दालाई यतिकै छाड्नु हुँदैन । कानुन पनि छ र उपलब्ध प्रमाणहरू गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न पर्याप्त छन् ।'


आजै बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणको मुद्धालाई झन् सशक्त रुपमा उठाउने निर्णय गरेको छ ।


Author

थप समाचार
x