कूटनीति

गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छ : देउवा

इकागज |
पुस ८, २०८० आइतबार १८:८ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताएका छन् ।​

आइतबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्म दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताए । उनले राजनीतिक दलहरूले यसबारेमा विशेष जोड दिइ गम्भीर बन्नुपर्ने बताए ।


देउवाले नेता स्व. भट्टराई कुनै पनि बदनामले नछोएको व्यक्ति भएको बताए । उनले नेता भट्टराईको खोजीनीति गरी पुस्तक लेख्नुपर्ने र सबैलाई बुझाउन सक्नुपर्ने बताए ।

सभापति देउवाले कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा प्रजातन्त्र झनै सुदृढ हुने विश्वास व्यक्त गरे । 


Author

थप समाचार
x