राजनीति

कांग्रेसले सरकारलाई भन्योः सभापतिमाथि आक्रमण गर्नेलाई कारबाही गर्नू

इकागज |
बैशाख ३, २०८१ सोमबार १६:१० बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाली कांग्रेसले सल्यानका सभापति केशबहादुर विष्टमाथि आक्रमण भएकोप्रति आपत्ति जनाएको छ । सोमबार विज्ञप्‍ति जारी गरी घटनाको यथार्थ छानबिन गरी दोषीलाई कानुनी कारबाहीका लागि नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसको कर्णाली प्रदेश स्तरीय संगठन सुदृढ यात्राको सिलसिलामा कालिकोटमा सल्यानतर्फ फर्कने क्रममा सल्यानको वनगाड कुपिण्डे नगरपालिकास्थित बालुवा संग्रही भन्ने स्थानमा गत चैत २९ गते बेलुकी उनीमाथि आक्रमण भएको थियो ।


उनीमाथि सांघातिक आक्रमणको घटनालाई कांग्रेसले गम्भीर रुपमा लिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।


Author

थप समाचार
x