समाज

चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

इकागज |
बैशाख २४, २०८१ सोमबार १४:११ बजे

काठमाडौँ- काठमाडौँ ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्यापटप १ थान,  मोबाइल १ थान र करिब २ तोला सुनलगायतका विभिन्न गहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२७ बस्ने ३७ वर्षीय जोन खड्गी र सोही महानगरपालिका-३० मैतिदेवी बस्ने ३४ वर्षीय संजय खड्गी रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँ धुम्बाराहीबाट पक्राउ गरेको हो ।


विभिन्न मितिमा काठमाडौँ उपत्यका अन्तर्गतका प्रहरी कार्यालयमा पाँच पटक चोरी सम्बन्धीलगायतका कसूरमा उनीहरू उपर मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।


Author

थप समाचार
x