समाज

भीरबाट लडेर ताप्लेजुङमा एक जनाको मृत्यु

इकागज |
बैशाख १८, २०८१ मंगलबार २१:५० बजे

ताप्लेजुङ- ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका हस्तबहादुर थेबे लिम्बूको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाँस काट्नका लागि जङ्गल गएका लिम्बूको लेक्सेन भीरबाट लडेर मृत्यु भएको हो । निकै अप्ठ्यारो उक्त भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।


घटनाको खबरपछि इलाका प्रहरी कार्यालय तेल्लाकका प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । यता घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x