दल

गठबन्धनको विषयमा शेरबहादुर र गगन थापाबीच कुरा मिलेन

इकागज |
फागुन ७, २०८० सोमबार १३:४८ बजे

काठमाडौं -  कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा छलफल निष्कर्षविहीन भएको छ । 

महासमिति बैठक सुरु हुनुअघि सोमबार देउवा निवास बुढानीलकण्ठमा भएको छलफल सभापति देउवा र महामन्त्री थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा निष्कर्षविहीन भएको हो । 


महामन्त्री थापाले चुनावमा गठबन्धन नगर्नेसहितको प्रतिवेदन बनाएपछि सभापति देउवाले त्यसलाई सच्याउन भनेका छन् । तर, महामन्त्री थापाले सभापति देउवाको आग्रहलाई अस्वीकार गरेपछि छलफल निष्कर्ष विहीन भएसँगै बुढानीलकण्ठबाट नेताहरू बाहिरिएका छन् । 

सभापति देउवाले महामन्त्री थापालाई सांगठनिक प्रतिवेदनबाट चुनावअघि गठबन्धन नगर्ने भन्ने शब्द हटाउन भनेका हुन् । तर, महामन्त्री थापाले नहटाउने अडान यथावत् राखेका छन् । जसकारण गत शनिबारदेखिको वार्ता निष्कर्षविहीन बनिरहेको छ । 

सोमबारबाट गोदावरीमा पार्टीको महासमितिको बैठक सुरू हुँदै छ । यसअघि सभापति देउवाले गठबन्धन कायम राख्नुपर्ने एजेण्डालाई पार्टीभित्रबाट अनुमोदन गराउने प्रयास गरेका हुन् । 
 


Author

थप समाचार
x