दल

सहकारी ठगी प्रकरणमा संसदीय समितिको गठन गर्न कांग्रेसको माग

इकागज |
चैत १९, २०८० सोमबार ११:३७ बजे

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेकाे भन्दै छानबिनको माग गर्दै आज पनि संसदमा विरोध गरेको छ ।

संसदको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने भन्दै सहकारी पीडितको कुरा सरकारले नसुनेको आरोप लगाएकी छन् ।


सांसद गौतमले सरकारले सहकारी ठगीको छानबिनलाई प्रभावित गरेको भन्दै संसदीय समितिको गठनको माग गरेकी छन् । उनले संसदीय समिति गठन गर्ने विषयलाई ठूलो विषय नबनाउन आग्रह गर्दै आफू माथि लागेको आरोपलाई प्रष्ट गर्ने यो अवसर समेत हुने बताइन् ।
 
 


Author

थप समाचार
x