दल

जसपाले समानुपातिक सांसदमा खानलाई पठाउने तयारी

इकागज |
चैत २२, २०८० बिहीबार १०:४० बजे

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल (जसपा) ले समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बनाउने भएको छ ।

जसपाले केन्द्रीय कार्यकारिणी समिति बैठक बिहीबार बसेर खानलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनाउन लागेको हो ।


जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाउन लागेको हो । 

०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन् । उनको ०७९ फागुन १३ गते निधन भएपछि जसपाले बन्द सूचीका आधारमा मञ्जुलाई पठाएको थियो । तर मञ्जुको पनि गत चैत ४ गते निधन भएपछि एक स्थान खाली रहेको छ । 


Author

थप समाचार
x