दल

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई जसपाको निर्देशन

इकागज |
माघ २३, २०८० मंगलबार १८:१३ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) ले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले संसदको जारी अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएको हो । महत्वपूर्ण विधेयकको छलफलका क्रममा उपस्थिति जनाउन र पार्टीको धारणा अभिव्यक्त गर्न बैठकले सांसदहरूलाई निर्देशन दिएको जसपा प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए ।


संसदको हिउँदे अधिवेशनमा सांसदको भूमिका र अधिकभन्दा अधिक बैठकमा भाग लिएर विधेयकहरूलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले बताए ।

प्रमुख​ सचेतक यादवले संसदको क्यालेन्डरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड रहेको बताए । 


Author

थप समाचार
x