दल

अहिलेको अवस्थामा वर्तमान सरकारको विकल्प छैन : महासचिव गुरुङ

इकागज |
बैशाख १९, २०८१ बुधबार १४:३१ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङले अहिलेको अवस्थामा वर्तमान सरकारको विकल्प नभएको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले मुलुकको बिकास र समृद्धिका लागि वर्तमान सरकारको ध्यान केन्द्रीत भएको भन्दै यसको बिकल्प नभएको बताएका छन् । 


उनले सापेक्षित रुपमा वर्तमान सरकार लामो समय टिक्ने बताए । सरकारमा रहेका घटकहरु न्यूनतम साझा कार्यक्रम र एजेण्डामा दृढताका साथ अघि बढ्दासम्म सरकारमा कुनै समस्या नहुने उनकोे भनाइ छ । राष्ट्रिय स्वाधीनताका साथै देश र जनतालाइ हितमा राख्दै सरकारले काम गरिरहेको उनले बताए । गुरुङले राष्ट्रियता र जनताको मुद्दाहरुमा कम्युनिष्टहरु दृढ रहेको धारणा राखे । 

त्यस्तै महासचिव गुरुङले नेपालको समृद्धिका लागि आन्तरिक स्रोत साधन नै मुख्य कुरा भएपनि बाह्य पूँजीको पनि भूमिका महत्पवपूर्ण रहेकाले लगानी सम्मेलनले विदेशी पूँजी भित्राउन प्रोत्साहित गरेको धारणा राखे । 


Author

थप समाचार
x