दल

उपेन्द्र यादव अमेरिका गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

इकागज |
बैशाख १६, २०८१ आइतबार १२:७ बजे

फाइल तस्बिर

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई तोकिएको छ ।

सो पार्टीका अध्यक्ष उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव शनिबार अमेरिका प्रस्थान गरेपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।


अप्रिल ३० देखि मे ३ तारिखसम्म संयुक्त राष्ट्र संघीय सचिवालय न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा सहभागी हुन अध्यक्ष यादव शनिबार बेलुकी अमेरिका प्रस्थान गरेको र मे ७ तारिखमा स्वदेश फर्किने कार्यक्रम तय भएको समेत बस्नेतले बताए । 


Author

थप समाचार
x