संगीत

मानवताको सन्देश दिने अर्जुन र दुर्गाको ‘मनको धनी’

इकागज |
असोज ११, २०८० बिहीबार १६:५२ बजे

काठमाडौँ - अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको नयाँ गीत ‘मनको धनी’ सार्वजनिक भएको छ । धनभन्दा माया ठूलो भन्ने सन्देश दिने गीतमा दुर्गा खरेल, सैराज खाती र अनुजा कडरियाको स्वर रहेको छ । गीतमाथि बनेको भिडियोमा जात र धर्मभन्दा मानवता ठूलो भन्ने विषयलाई प्रस्तुत गरिएको छ ।

भौतिक सम्पन्नताभन्दा मनको सम्पन्नताको वकालत गर्ने गीतको भिडियोमा उमर खान, मेलिना पन्त, अभिलाषा सापकोटा र राजेन्द्र आचार्यको अभिनय रहेको छ । गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ ।


अर्जुन पोखरेल स्वयंले निर्देशन गरेको भिडियोले जात र धर्मभन्दा मानवता ठूलो भन्ने विषयलाई पनि सुन्दर शैलीमा प्रस्तुत गरेको छ । गीत डिभाइन म्युजिकको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।चलचित्रमा संगीतमा सर्वाधिक रुचाइने रुचाइएका संगीतकार अर्जुन पोखरेलका सुगम संगीतले पनि उत्तिकै माया पाउने गरेका छन् ।


Author

थप समाचार
x