दल

कांग्रेसले सरकार परिवर्तन नभइ मुलुकको अस्थिरता अन्त्यका लागि प्रयास गर्नुपर्छ : अर्जुन नरसिंह केसी

इकागज |
बैशाख २४, २०८१ सोमबार १८:५७ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसले सरकारको नेतृत्व परिवर्तनका लागि भन्दा पनि मुलुकको अस्थिरता अन्त्यका लागि प्रयास गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन प्रणाली सुधार लगायतका विषयहरूमा प्रमुख राजनैतिक दलहरू एक ठाउँमा उभिएर संविधान संशोधन गर्नुपर्ने समेत बताए ।


नेता केसीले कांग्रेस अस्थिरताको कारक बन्न नहुने धारणा राखे । मुलुकमा देखिएको राजनैतिक अस्थिरता अन्त्यका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक भएको उनको भनाइ छ ।


Author

थप समाचार
x