संगीत

कोरियन जङकुकको स्पटिफाईमा जादु : सोलो गीत चार हप्तादेखि पहिलो नम्बरमा

इकागज |
साउन २९, २०८० सोमबार १०:३२ बजे

कोरिया - दक्षिण कोरियन पप गायक जङकुक गीत सार्वजनिक भएको दिनदेखि विश्व संगीतमा छाएका छन् । पहिलो पल्ट ब्यान्डभन्दा पर रहेर सोलो गीत सार्वजनिक गरेका जङकुकको ‘सेभेन’ बोलको गीत रिलिज भएको चौथो हप्तासम्म पनि स्पटिफाईको एक नम्बर गीत बन्न सफल भएको छ ।

कुनै पनि कोरियन गीत यसरी स्पटिफाईमा चौथो हप्तासम्म पनि पहिलो नम्बरमा रहनु दुर्लभ रेकर्ड मानिएको छ । सार्वजनिक भए लगत्तै यो गीत बिलबोर्डको हट हन्ड्रेड, ग्लोबल टु हन्ड्रेड र स्पटिफाइमा सबैभन्दा चाँडो सय मिलियन स्ट्रिम हुने रेकर्ड राखेको थियो ।


अगस्ट १२ सम्म गीतले ३५ मिलियन स्ट्रिमर पाएको थियो । यो संख्या अमेरिकी गायन हस्ती सेलेना गोमेज र डेमी लोभेटोको भन्दा ज्यादा भएको बताइएको छ । यो गीत अहिले लोकप्रियतामा टेलर स्विफ्टभन्दा मात्र पछि रहेको बताइएको छ ।

गीतको म्युजिक भिडियो अहिले ग्लोबल म्युजिक भिडियोको ट्रेन्डिङमा तेस्रो नम्बरमा छ । जङकुक दक्षिण कोरियन ब्यान्ड बीटीएसका लिड भोकलिस्ट हुन् । 


Author

थप समाचार
x