साहित्य

हामी सँगसँगै हाम्रो वातावरण

सान्भी चौधरी |
फागुन २६, २०८० शनिबार ९:१० बजे

साझा घर पृथ्वीको मिलेर सेवा गरौँ,
पृथ्वीलाई जोगाउन सबैले हात जोडौँ,
हरेक प्राणी प्राणीबीच छ गहिरो सम्बन्ध,
त्यसैले एकापसबिना मिल्दैन जीवनको प्रबन्ध ।

 


हरेक जीव वातावरणमा नै निर्भर छ,
वातावरणको महत्व त्यसैले निकै प्रबल छ,
प्रदूषण गर्दै वायु, जल र माटो,
खोलेका छन् मानिसले आफ्नै दुर्गतिको बाटो ।

 

विकास गर्दै जाऔँ वातावरणको ख्याल गरी,
अब एकजुट होऔँ सँगसँगै रुख रोपी,
सबैको हितका लागि नफालौँ फोहोर जथाभावी,
नभए ल्याउँछ यसले सबैको स्वास्थ्यमा खराबी ।

 

वातावरणबिना हुँदैन कुनै प्राणीको अस्तित्व,
त्यसैले यसको संरक्षण हो सबैको दायित्व,
मिलौँ अब सबै पृथ्वी आमालाई बचाउन,
सबैका सामु दिगो विकासलाई बढाउन ।।।

 

सान्भी चौधरी​
ब्राइट फ्युचर मा.वि. 
चन्द्रागिरि, १५ नैकाप

 


Author

थप समाचार
x