साहित्य

युवाहरूलाई आह्वान

लक्ष्मी राज दाहाल |
फागुन २२, २०८० मंगलबार १३:५७ बजे

मेरा अर्जुन, एकलब्य को-को छन्, कोको छन् धन्वन्तरी,
को-को छन् हनुमान्, अति नै बलवान्, विश्व उचाल्ने गरि,
कोही ब्रह्मा, विदुर्, विदूषी क्वै छन्, क्वै विश्वकर्मा सरि,
खाँचो भो अब देशमा, आउ तिमी, क्यै काम गर्ने गरि ।

हे कृष्ण तिमी छौ, कहाँ अब तिमी हौ देशका सारथी,
अस्त्रशस्त्र अब, उठाउ जतिछन्, चाणक्यको लि नीति,
वैज्ञानिक बनी, गुरु कोही बनी, गर्नु क्वैले राज्नीति,
तिम्री आमा रुँदै, पुकारा गर्दै, फर्क अब हे रथि ।


सीता हौ शशि हौ, शिवानी तिमी हौ, रश्मि सुधा झैँ वन,
राम्रा काम गरी, बनाउ नगरी, थिति बसालिकन,
हराभरा बनोस्, बनोस् यो धर्ती, आफ्नै यो रनवन,
आउ फर्क अब, सम्हाल धर्ती, श्रम सीप रोपिकन ।।।।


Author

थप समाचार
x