साहित्य

फर्किएर आउ

कृष्णकला भेटवाल |
फागुन १९, २०८० शनिवार ६:४६ बजे

तिमी जाँदा मन भारी भयो  
मेरो होस्-हवास सबै नै गयो
   
तिमीलाई जाउ भन्ने मेरो रहर थिएन
नजाउ भनि रोक्न मनले नै दिएन 

बिदाईको हात तिमी हल्लाएर जाँदा 
मेरो मुटु भक्कानियो लाउँदा तिमीलाई खादा 


न त तिमी जान्न भन्न सकेका थियौ
न त मैले नजाउ भनि रोक्न सकेको थिएँ

तिमीलाई मुटु रोकी आर्शिवाद दिएँ  
बलिन्द्र धारा आशु बगाई आफैले पिएँ

अथाह सपनाको भारी बोकी गयौ तिमी सानु
भत्किएको घरको टाल्नु थियो छानु

सीमित सपना पूरा गरी फर्किएर आउ
दुखेको बा-आमाको मनमा मलमपट्टी लाउ ।।।


Author

थप समाचार
x