साहित्य

तिमी जित्नु है

निमेश ढकाल |
फागुन १३, २०८० आइतबार १२:१४ बजे

तिमी जित्छु भन्‌ म हारिदिन्छु 
तिमी खुशी छु भन्‌ 
म आफ्नै रहरहरू मारिदिन्छु 
अधुरै रहेका ती सपनाहरूलाई
म बीचमै यति नै हो भन्दै टारिदिन्छु 
भन्‌ तिमी जित्छौ भने म हारिदिन्छु 
मेरा ति रहरहरू पुन: एक पटक मारिदिन्छु ।।

मेरा असिमित  सपनाका  पाइलाहरू 
म अन्तै सारी दिन्छु 
भन्‌ प्रिय 
तिमी जित्छौ भने  
म पुन: एक पटक हारिदिन्छु ।


सम्हालेर राखेका ति अतितका यादहरूलाई 
तिमी जलाउ भन्‌ म जलाइदिन्छु 
ठक्कर खाइ बसेको यो जिन्दगीलाई 
आफ्नै मोडमा चलाउ भन्‌ म चलाई दिन्छु 
तिमी हुन्छ मात्र भन्‌ 
म हाम्रा ति अपुरो सपनाहरू 
सबै बागमतीमै सेलाइदिन्छु 
हो तिमी जित्छु भन्‌ 
म हारिदिन्छु ।।

तिमी जितको शिखरमा पुग्छु मात्र भन्‌ 
म तिम्रो यात्रासम्मको भरिया बनिदिन्छु
भन्‌ तिमी जित्छौ भने म सबथोक हारिदिन्छु 
मेरो त के नै छ र
म भएका ति केही झिना आशहरू पनि मारिदिन्छु 
भन्‌ तिमी जित्छौ भने 
म बारबार तिम्रै लागि हारिदिन्छु
प्रिय म हारेको अनि तिमी जितेको दिन 
मेरो प्रेमले हारेको म आफैँ स्वीकारीदिन्छु ।


Author

थप समाचार
x