साहित्य

डा. अशोक थापाको ‘सन्तापको धून’ लोकार्पण

इकागज |
भदौ १८, २०७९ शनिबार १६:८ बजे

काठमाडौँ- कथाकार डा.अशोक थापाको नवप्रकाशित कथासंग्रह ‘सन्तापको धून’ काठमाडौँमा एक विशेष समारोहबीच लोकार्पण भएको छ । प्रमुख अतिथि तथा अतिथिहरू प्रा.डा. गोविन्दराज भट्टराई, प्रा. डा. खगेन्द्र लुईंटेल, डा. ज्ञानु पाण्डे, डा.नेत्र एटम तथा स्रष्टाद्वारा सामूहिक लोकार्पण गरिएको हो ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको कार्यक्रममा डा. ज्ञानु पाण्डे र डा. नेत्र एटमले कृतिमाथि आ-आफ्ना धारणा राखेका थिए ।


डा.पाण्डेले धून धेरै किसिमका हुन्छन् धूनहरूमा हामीले आनन्द लिन सक्नु पर्छ । हरेक किसिमका धूनहरूले जीवनलाई घेरेको छ । सन्तापको धून प्रतिकारात्मक पुस्तक रहेको र निकै पठनीय पुस्तक भएको बताए । साथै कथाभित्रका पङ्क्तिहरू हृदय छुने किसिमका रहेको उनले जिकिर गरे ।

यस्तै डा. नेत्र एटमले दुःखमा अन्त्य भएका कुराहरूले धेरै पछिसम्म छोइरहन्छ भने सुखमा अन्त्य भएका कुराहरू बिस्तारै हराउँछन् । कथाभित्र सन्त्रास तथा सन्तापको धून छ । कथा सङ्ग्रह निकै मर्मस्पर्शी, यथार्थवादी रहेको बताए । कथाको शिल्प कलात्मक रहेको छन्  ।सैद्धान्तिक स्वरुप अनुसार कथामा लोक वैचारिकता र निबन्धको संयोजन रहेको हुन्छ । डा.थापाका कथामा सामाजिक यथार्थता रहेको उनले बताए ।


Author

थप समाचार
x