वार्ता

स्थानीय सरकारका संस्थापकहरूसँग संवाद–२९

मैले पास मार्क पाए पनि धेरै हो जस्तो लाग्छ

लक्ष्मी भण्डारी |
चैत १, २०७८ मंगलबार १६:४० बजे

नेपालको शासकीय संरचना संघात्मक भएपछि स्थानीय तह पहिलोपटक स्थानीय सरकारमा परिणत भयो । सरकार भन्नुको अर्थ हो, अधिकारसहितको कार्यकारी संस्था । आफैँले निर्वाचित गरेका प्रतिनिधिबाट आफ्नै घर–आँगनमा सुलभ तरिकाले सेवा–सुविधा पाउनु मात्र संघीयताको मर्म होइन । यो पाउनु र दिनुभन्दा माथिको स्वशासित अवस्थाको महसुस हो ।  यसै सन्दर्भमा सुर्खेतको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनसँग लक्ष्मी भण्डारीले गरेको संवाद :

स्थानीय सरकारको नेतृत्वका रूपमा तपाईंको पहिलो कार्यकाल सकिँदै गर्दा आफ्नो पालिकाको खास पहिचान र सामथ्र्य के बनाउनुभयो ?


गुर्भाकोट बिस्तारै सहरउन्मुख हुँदै गएको छ । हिजोको भन्दा धेरै परिवर्तनहरू पनि देखिएको छ । सँगसँगै अब यो नगरपालिका पर्यटकीय गन्तव्यको हिसाबले सुन्दर नगर पनि बनेको अवस्था छ । जसको विकास गर्न अझै बाँकी नै छ  । केही काम अझै बाँकी नै छन् । यो उर्वर भूमि हो यस क्षेत्रलाई कृषि र पशुपालनका क्षेत्रमा अगाडि बढाउन सकिन्छ । जुन् हामीले गरिरहेका पनि छौँ । 

नगरको प्रमुखमा निर्वाचित भएको पाँच वर्ष पनि पुग्नै लाग्यो । यो अवधिमा मुख्य कुन् कुन् कामहरू गर्नुभयो ?

विकासको सन्र्दभमा जनताको मुख्य चाहना भनेको भौतिक पूर्वाधार निर्माण हो । त्यसमा पनि मुख्य गरी सडक तथा बाटोघाटो निर्माणको काम पर्दछ । सडक निर्माण उहाँहरूबाट बढी माग आउँछ त्यसैले अहिले हामी गुर्भाकोटको सबैजसो ठाउँहरूमा सडक सञ्जालले जोडिइसकेका छौँ । त्यसैगरी पूर्वाधारका विकासहरू सबै ठाउँमा पु¥याउन लागिपरेका छौँ । खानेपानीको सन्दर्भमा पनि लगभग सबै ठाउँमा घरघरमै धारा पु¥याउन लागेका छौँ । चारवटा वडामा काम सम्पन्न भएको छ । पाँच वर्षको अवधिमा चाहिँ हिजोको दिनमा घोषणा गरेका थियाँै जे हिजोको दिनमा बोलेका थियौँ लगभग पूरा गर्दै गएको अवस्था छ । 

तर अझै पनि गुर्भाकोटको धेरैजसो वडाहरूमा खानेपानीको चरम संकट नागरिकहरूले खेप्दै आएका छन् नि ?

विशेषगरी खानेपानीको अभाव भएको ठाउँ भनेको ६, ७, ८, ९ वडा हुन् । खानेपानीको स्रोत टाढाबाट ल्याउनुपर्नेछ । घरदेखि टाढाबाट पानी ल्याउनुपर्ने अवस्था रहेको छ । विशेष गरी ६, ७, ८, ९ वडामा खानेपानी टाढा भएकाले सहरी खानेपानीको आयोजनालाई सहकार्य गरेर घरघरमा धारा पु¥याउने काम सम्पन्न गर्न लागेका छौँ त्यसैगरी भेरीवारिका पाँचवटा वडामा खानेपानीको समस्या देखिएको छ । त्यहाँ पनि खानेपानी पु¥याउने कार्यक्रम छ । यसो हेर्दा १४ वटा वडाहरूमध्ये १२ वडामा पानीको व्यवस्थापन हामी निर्वाचित भएर आइसकेपछि सुरुवात भएको काम चाहिँ भइसकेको छ । 

यसरी काम गरिरहँदा आएका आम अपेक्षा र अप्ठेराहरूलाई कसरी सम्बोधन गर्नुभयो ?

अब समस्या त नआउने कुरै भएन । सबैभन्दा पहिला त बजेटमा समस्या छ । स्रोत साधन हुँदैन । स्थानीय तहले विकास, पूर्वाधार, आर्थिक लगायतका सबै कुरा हेर्नुपर्छ । जनताका अपेक्षा र समस्या अधिक छन् । पक्कै पनि हामीले सोचेजस्तो सबै कुरा समाधान गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । स्रोतको अभावका कारण ती समस्या छन् यद्यपि ती हुँदाहुँदै पनि हामीले सबै क्षेत्रलाई लगभग सबै क्षेत्रलाई समेट्न नसके पनि सबै क्षेत्रमा अलिअलि सुरुवातका रूपमा अघि बढाएका छौँ । 

 

तिनै तहका सरकार अगाडि बढ्न सक्यौँ भने मलाई लाग्छ, विदेश जाने परम्परालाई अन्त्य गर्न सकिन्थ्यो । यसमा चाहिँ जति हामीले सोचेका थियौँ त्यो गर्न सकिरहेका छैनौँ । केही सुरुवात त गरेका छौँ तर, त्यसले मात्र युवाहरू पलायन हुनबाट रोक्न सक्ने अवस्था  छैन

चुनावी घोषणापत्रमा वाचा गरिएका तपाईंका प्रमुख प्राथमिकता के थिए ?

अब प्रमुख प्राथमिकतामा पूर्वाधार विकास सडक, खानेपानी  सिँचाइका कुरा हुन् । यीमध्ये पनि धेरैजसो सुरुवात भएका छन् । शिक्षा स्वास्थ्यका क्षेत्रमा पनि धेरै लगानी गरेर अघि बढेका छाँै । आर्थिक विकासका कुरा कृषि क्षेत्रलाई बढावा दिने कुरा छन् । रोजगारका काम सीप सिकाउने दक्ष बनाउने कुरा छन् । कृषिमा तालिम बिउ तथा अनुदान दिएर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका छौँ यी कुराहरू नै अहिले हामीले गरिरहेको अवस्था छ । 

गर्न चाहेर पनि नसकिएका काम के के हुन् ?

विशेष गरेर अब हाम्रो पालिका भख्ररै सहरउन्मुख अवस्था छ । परिवर्तन त हुँदै गएको छ तर तत्कालको अवस्था र अहिले भनौँ न आर्थिक स्रोतलाई निर्माण गर्नको निम्ति युवा स्रोतलाई परिचालन गरी आर्थिक स्रोतलाई बलियो बनाउनका लागि परामर्श गर्ने कुरा हुन्छ अनुदान दिने कुरा हुन्छ ।

यी कुराहरूमा हामी तिनै तहका सरकार अगाडि बढ्न सक्यौँ भने मलाई लाग्छ, विदेश जाने परम्परालाई अन्त्य गर्न सकिन्थ्यो । यसमा चाहिँ जति हामीले सोचेका थियौँ त्यो गर्न सकिरहेका छैनौँ । केही सुरुवात त गरेका छौँ तर, त्यसले मात्र युवाहरू पलायन हुनबाट रोक्न सक्ने अवस्था  छैन । अर्काे कुरा शिक्षामा पनि हेर्दा निजीभन्दा सरकारी विद्यालयमा विद्यार्थी थेग्न नसकिने अवस्थामा छन् । त्यहाँ जनशक्ति तथा पूर्वाधारहरू पूरा गर्न सकिरहेको अवस्था छैन । 

अनि संवैधानिक, कानुनी र व्यवहारगत जटिलता के–कस्ता आइपरे ?

अब काम गर्दा यो संघीयता आइसकेपछि नयाँ अभ्यासमा गइएको छ । स्थानीय तहले आफँै कानुन बनाएर काम गर्नुपर्दा कानुनी जटिलताहरू आइपरेका छन् । साँच्चिकै भन्नुपर्दा अहिले हामी कानुनलाई व्याख्या गर्नको निम्ति जनशक्ति छैन । त्यसकारण कतिपय अवस्थामा संघीय सरकारले कानुन निर्माण नगरेको कारण समस्या भएको छ । संघले कानुन निर्माण नगर्दाको अवस्थामा काम गर्न समस्या भएको छ । नयाँ अभ्यास भएकाले पनि केही कठिनाइ भएको हुन सक्छ । अहिले आत्तिहाल्ने अवस्था पनि छैन । बिस्तारै समाधान हुँदै जाला । 

प्रदेश र संघीय सरकारबाट पाएको सहयोग–असहयोगबारे तपाईंको अनुभव मूल्यांकन के छ ?

अब यस्तो छ अलिक त संघ प्रदेशले जुन स्थानीय तहलाई हेर्नुपर्ने दृष्टिकोण हो त्यो चाहिँ अलि पर्याप्त भएन । सहकार्य, समन्वयलाई अक्षरशः ग्रहण गर्न सकेको अवस्था छैन । एउटा सरकारले अर्काे सरकारप्रतिको विश्वास नभएको अवस्था पनि कता कता देखिन्छ । त्यसले गर्दा कतिपय समस्या उत्पन्न भएको देखिन्छ । 

अब आउने नेतृत्वका लागि अनुभव प्राप्त अभिभावकका रूपमा के सुझाव छ ?

अब हामी नयाँ अभ्यासबाट सुरु गरेका हाँै । स्थानीय तहमा केही नीति नियम कानुनहरू निर्माण गरेका छौँ । एउटा नयाँ अभ्यास सुरु हँदै गर्दा एउटा स्थायित्व पनि पाइसकेको अवस्था छ । नयाँ आउने नेतृत्वका लागि जुन हामीले प्राप्त गरेका थियाँै त्यो भन्दा सहजता पनि प्राप्त हुनेछ । स्थानीय तह भनेको कस्तो हुने रहेछ भने जनतासँग प्रत्यक्ष जोडिएको सरकार भएको हुनाले हरेकका समस्या समाधान गर्नुपर्ने, नयाँ नेतृत्व आउँदै गर्दा त्यो समस्यालाई समाधान गर्नका निम्ति चौतर्फी सोचको विकास गर्न आवश्यक छ ।

 

सकारात्मक सोचका साथ अघि बढ्न सक्यौ भने समृद्धि प्राप्त गर्न सक्छौँ । तीन तहका सरकार हुँदै गर्दा एकआपसमा समन्वयकारी भूमिका निर्वाह गर्न सक्यौँ भने त्यसले पनि प्रभाव पारेको छ । संघ एकातिर, प्रदेश र स्थानीय तह अर्काेतिर हिँड्दा हुने काम पनि नभएको अवस्था छ ।

अर्काे कुरा केही अशिक्षाको कारणले पनि होला हरेक कुरा नकारात्मक कुराबाट सुरु हुने हामीमा जुन प्रथा छ यसले समाजलाई राम्रो गतिमा लग्दैन । यो कुरालाई पनि सबैले सकारात्मक सोचका साथ अघि बढ्न सक्यौ भने समृद्धि प्राप्त गर्न सक्छौँ । तीन तहका सरकार हुँदै गर्दा एकआपसमा समन्वयकारी भूमिका निर्वाह गर्न सक्यौँ भने त्यसले पनि प्रभाव पारेको छ । संघ एकातिर, प्रदेश र स्थानीय तह अर्काेतिर हिँड्दा हुने काम पनि नभएको अवस्था छ । समन्वयको जरुरी छ । अब भोलिको नेतृत्वले यतातिर पनि लाग्न जरुरी छ । 

अक्सर नागरिक हुँदा प्रतिपक्षमा रहँदा एक खाले शासक भइसकेपछि नजर अर्के खाले बनिदिन्छ सीमित स्रोत र साधनको अवस्था पनि बुझिन्छ होला । आफ्ना नागरिकमा के कस्ता समस्या पाउनुभयो ?

नागरिकको अपेक्षा भनेको उनीहरूको आवश्यकताहरू तुरुन्तै नै पूरा होस् भन्ने नै हुँदो रहेछ । हामीसँग सीमित स्रोत साधनमा काम गर्दा समस्या त छ । त्यसमा छलफल गरेर अघि बढ्ने हो । तर मलाई लाग्छ गुर्भाकोट नगरपालिकामा नागरिकहरू त्यति धेरै असन्तुष्ट छन् जस्तो लाग्दैन । हामीले जे गरेका छौँ राम्रै गरेका छौँ भन्ने आम नागरिकलाई पनि लागेको छ जस्तो लाग्छ मलाई । 

आफ्नो कार्यकाललाई १० पूर्णांकमा तपार्इं आफैँ कति नम्बर दिनुहुन्छ ?  

मैले अब धेरै अपेक्षा गरेको छैन । पास मार्क पाए पनि धेरै हो जस्तो लाग्छ ।                                                       


 


Author

थप समाचार
x